असार १०, २०७३
विश्वका हट महिलाको सूचीको पहिलो स्थानमा बलिउड अभिनेत्री प्रियंका चोपडा छनौट भएकी छिन् । म्याक्सिम इन्डिया म्यागजिनले गरेको सर्वेक्षणमा उनी नम्बर वान हट सुन्दरीमा परेकी हुन् ।
उक्त म्यागजिनले विश्वका १ सय हट सुन्दरी छान्न यो सर्वेक्षण गरेको थियो । म्यागजिनको पछिल्लो संस्करणको आवरणमा प्रियंकाको हट तस्बिर राख्दै म्यागजिनले संसारकै आकर्षक महिलाका रूपमा उनलाई उभ्याएको हो । सन् २००० मा मिस वल्र्डको उपाधि जितेकी प्रियंका लगत्तै बलिउडको रंगीन संसारमा प्रवेश गरेकी थिइन् ।
बलिउडमा व्यस्त रहेकै बेला उनी हलिउड टेलिसिरियल क्वान्टिकोमा मुख्य भूमिकाका अभिनय गर्न पुगेकी थिइन् । त्यसपछि उनले हलिउड चलचित्र बेवाचमा नायिकाका रूपमा काम गरिसकेकी छिन् ।