असार ११, २०७३
किम कार्दशिन चर्चामा आउन जस्तोसुकै हर्कत गर्न तयार रहन्छिन् । न्युड फोटोसुटका लागि कहलिएकी रियालिटी सोस्टार किम उत्तेजक अभिव्यक्ति दिन पनि माहिर मानिन्छिन् ।
किमले हालै एक म्यागजिनका लागि गराएको फोटोसुटले अहिले फेरि चर्चा पाएको छ । ‘लभ, सेक्स र पागलपन’ शीर्षकको थिममा किमले सिक्यु म्यागजिनका लागि उक्त फोटोसुट गराएकी हुन् ।
म्यागजिन प्रकाशनको १० वर्षको अवसरमा उक्त फोटोसुट गरिएको हो । दुई सन्तानकी आमा किमले आजीवन न्युड तस्बिर खिचाउने कुरा यसअघि नै बताइसकेकी छिन् ।