साप्ताहिक संवाददाता
असार १२, २०७३
मनसुनमा बिरामी पर्न सकिन्छ । यसबाट जोगिन विशेष सतर्कता अपनाउनुपर्छ ।
लामखुट्टे, झिंगा आदिको संक्रमणबाट जोगिन घर वरिपरि पर्याप्त सरसफाइ गर्नुपर्छ ।
वर्षा मौसममा भाइरल इन्फेक्सनबाट जोगिन लसुन, हर्वल टी, प्याज, भिटामिन सी युक्त फलफूल तथा सब्जी सेवन गर्नुपर्छ ।
खानामा जीरा पाउडर, हिङ, मरीच, धनियाँ आदिलाई सामेल गरौं, यसको सेवनले पाचनशक्ति बलियो बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
बासी वा मसलेदार खानेकुरा सेवन नगरौं । सकेसम्म घरमै बनाइएको ताजा खानेकुरा खानुपर्छ ।