साप्ताहिक संवाददाता
असार १२, २०७३
शनिवार धापासी स्थित शहेंसाह होटेलमा युवायुवतीहरुको बाक्लै उपस्थिती रहेको थियो । शनिवार काठमाडौंमा पानी नपरे पनि क्लवमाण्डु नेपालले होटेलमा भेला भएका युवायुवतीहरुलाई पानीमा भिजाउने राम्रै ब्यवस्था मिलाएको थियो ।
ज्यादातर युवायुवतीहरुलाई भिजाउन डिजेको डिजेइङ र मदिराको चुस्किले अभिप्रेरित गरेको थियो । डिजेको म्युजिक र मदिराको चुस्किमा भेला भएका युवायुवतीहरुलाई आफुलाई स्वछन्द रुपमा भिजाएर नृत्यको आनन्द लिए ।