असार १३, २०७३
हंगेरीका गोलरक्षक ग्याबर किरले युरो–२०१६ का सबैभन्दा पाका खेलाडी हुन् । उनी ४० वर्षका भैसकेका छन् । यो चर्चाको अर्को कारण छ, उनको ट्राउजर मोह ।
अचेलको आधुनिक फुटबलमा गोलरक्षकले ट्राउजर लगाएर विरलै खेल्छन् । ट्राउजर लगाएर खेल्ने चलन नै हराइसकेजस्तो छ, तर पनि किरले त्यही पुरानो शैलीमै रमाइरहेका छन् । यो ट्राउजर मोहले उनलाई अरू सबै गोलरक्षकभन्दा फरक देखाएको छ । रमाइलो तथ्य के हो भने अभ्यासका बेला किरले ट्राउजर लगाउँदैनन्, तर मैदानमा खेल्दा उनलाई ट्राउजर नै चाहिन्छ ।