साप्ताहिक संवाददाता
असार १४, २०७३
गायिका मौसमी गुरुङ आफ्नो नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएकी छिन् । अलि अलि गर्दा गर्दै बोलको यो गीत उनले हालै युट्युव मार्फत् रिलिज गरेकी हुन् ।
सफ्ट रोमान्टिक शैलीको यो गीतको म्युजिक भिडियो आफूले अहिलेसम्म गरेको भिडियोमध्ये सबैभन्दा चित्त बुझेको मौसमी बताउँछिन् । यो गीतमा नरेशदेव भट्टराईको शब्द, जेम्स प्रधानको संगीत तथा एरेञ्जमेन्ट छ । श्रीधर पौडेलले निर्देशन गरेको यो म्युजिक भिडियोमा नायिका अनु शाह तथा मोडल प्रविन लाकौलको अभिनय छ । भिडियो ज्ञानेन्द्र शाहले छायांकन गरेका हुन् भने भिडियो सम्पादन निशान भट्टराईले गरेका छन् । लामो समय विरामी परेकी मौसमी अव भने सांगीतिक क्षेत्रमै व्यस्त रहने सोचका साथ अघि बढेकी छिन् ।
अलि अलि गर्दा गर्दैको म्युजिक भिडियो