साप्ताहिक संवाददाता
असार १४, २०७३
असारको दोस्रो साता भएकाले अचेल हरेक दिन पानी पर्ने आशा गरिन्छ । आशा गरिएअनुरूप अचेल हरेक दिनजसो पानी परिरहेकै पनि छ, तर गत शनिबार पानी पर्ने आशामा आयोजना गरिएको कार्यक्रममा आकाशबाट पानी नपरेपछि स्विमिङ पुल भित्र डान्स गराइएको थियो ।
जोरपाटीको रेस्टुराँमा समर पुल पार्टी शैलीको डान्स पार्टीलाई ‘फन अन द सन’ शीर्षक दिइएको थियो । थबही ल्याह्म पूच:ले आयोजना गरेको उक्त डान्स पार्टीमा पनि युवा–युवतीहरू स्वच्छन्द शैलीमा नृत्य गरिरहेका देखिन्थे । कतिपय युवती स्वीमिङमा रमाइरहेका थिए भने स्वीमिङ कस्टम लगाएर डान्स फ्लोरमा नृत्य गर्नेहरू पनि उत्तिकै थिए ।