असार १४, २०७३
नारायणगढस्थित नारायणी कला मन्दिरमा सोमबार छुट्टै रौनक थियो । दर्शकहरू त्यहाँ सांस्कृतिक कार्यक्रममा रमाउन उपस्थित थिए ।
मानव सचेत समाज, चितवनले आयोजना गरेको उक्त ‘तेस्रोलिंगी सांस्कृतिक कार्यक्रम’ ले दर्शकको मन जित्यो । डेढ दर्जनभन्दा बढी कलाकारले गुन्यूचोलीमा सजिएर नृत्य प्रस्तुत गर्दा सबैजसो दर्शक रमाए । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको समेत उपस्थिति थियो । गर्मी भए पनि दर्शक ताली बजाउँदै नृत्यमा मुग्ध देखिए । नौलो प्रकृतिको कार्यक्रम भन्दै कला मन्दिरको हलमा नृत्य हेर्न आउनेहरूको भीड लागेको थियो । कार्यक्रम राति अबेरसम्म चलेको थियो । जनतामूलक कार्यक्रम भएकाले यो कार्यक्रममा अधिकांशले जनचेतनामूलक गीतमा नृत्य प्रस्तुत गरेका थिए ।