असार १४, २०७३
महिनावारी भएका बेला यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ?
महिनावारी भएका बेला यौनसम्पर्क गर्नु राम्रो होइन । त्यस्तो अवस्थामा पाठेघरको संकुचनले पीडा भैरहेको हुन्छ जसमा सहवासले पीडा थप्न सक्छ ।
महत्वपुर्ण कुरा के भने यस्तो स्थितिमा पाठेघरको मुख केही खुकुलो हुन्छ र यौनसम्पर्कले पाठेघरमा संक्रमण हुनसक्छ । यस्तो स्थितिमा सरसफाइ तथा खानेकुरामा पर्याप्त ध्यान पुर्याउनुपर्छ । सरसफाइको दृष्टिले पनि रजस्वला भएका बेला सहवास गर्नु उपयुक्त मानिँदैन ।