तपाईं नाममात्रैको मुन्द्रे बन्दै हुनुहुन्छ रे । कमेडी छाड्न लाग्नुभा’छ भन्छन् । के यो कुरा साँचो हो कि ताल्चा हो ?
विकास ढकाल
यो साँचो नि हैन, ताल्चा नि हैन । मैले मुन्द्रे भएर ११ वर्ष बिताएँ, अब फेरि तपाईंहरूले मलाई मुन्द्रेजस्तै एउटा अर्को चरित्रमा देख्न पाउनुहुनेछ तर हँसाउने काम त म जीवनभर गरिरहनेछु ।
जितु दादा, हजुरलाई हाम्रो प्रश्नले दिक्क त लाग्दैन नि ?
भरत खनाल
प्रश्न आएन भनेचाहिँ दिक्क लाग्छ । जति धेरै प्रश्न आयो उत्तर दिन उति नै धेरै मजा आउँछ ।
तपाईंलाई विदेशको ग्रिनकार्ड लिन मन छैन ?
सुफल राई
कुनै पनि हालतमा छैन र लिन्नँ पनि । घुम्न र कार्यक्रमका लागि आउने–जाने भैरहन्छ तर ग्रिनकार्ड लिएर बस्ने कुनै योजना छैन ।
हाम्रो देशमा नेता र कलाकारले हँसाउने काम मात्र गरे, किन होला मुन्द्रे भाइ ?
कमला श्रेष्ठ
हँसाउनु त राम्रै हो नि जसले हँसाए नि, हाँस्दिनुस् न त । नेताले रुवाउनुभन्दा त हँसाएकै राम्रो नि ।
म चलचित्र स्टार बन्न चाहन्छु । मैले कुन तरकारी खानुपर्छ मुन्द्रेजी ?
प्रताप उप्रेती
तरकारी खाएर स्टार बनिँदैन, स्टार बन्न त धेरै धोका र हन्डर खानुपर्छ । तरकारी खाएर स्टार बन्ने भए त कालीमाटीका सबै साहूजी स्टार हुने थिए ।