असार १९, २०७३
युरो–२०१६ की सबैभन्दा राम्री ‘वाग्स’ को होलिन् ? वाग्स अर्थात् गर्लफ्रेन्ड्स एन्ड वाइफ्स । बेलायती मिडियालाई मान्ने हो भने सबैभन्दा राम्री प्रेमिका इंग्लिस स्टार डेल अलिकी गर्लफ्रेन्ड हुन् ।
अहिलेसम्म बेलायती मिडियालाई उनी को हुन् भन्ने विषयमा पूरा जानकारी प्राप्त भैसकेको छैन । मिडिया अहिले त्यसकै खोजीमा छ, तर सबैको ठहर छ— डेलकी प्रेमिका असाध्यै सुन्दर छिन् । टोटनहमका डेल भर्खर २० वर्षका भए । डेल इंग्ल्यान्डको खेलपछि ती प्रेमिकालाई चुम्बन गरिरहेका पनि भेटिए । इंग्ल्यान्ड युरो–२०१६ बाट बाहिरिए पनि ती प्रेमिकाको चर्चा चाँडै सेलाउनेछैन ।