असार २०, २०७३
५५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवलका ताराबहादुर थापा क्षेत्रीले लुम्बिनी अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगिता पाँचौं बुटवलश्रीको उपाधि जितेका छन् ।
उक्त प्रतिस्पर्धामा ७० किलोग्रामभन्दा माथिको तौल समूहमा पहिलो भएका क्षेत्रीले उपाधिसँगै १५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गरे । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा ५५ किलोग्राम तौल समूहमा तौलिहवाका सुरेन्द्रकुमार बर्मा, ६० किलोग्राम तौल समूहमा सुनिल आले, ६५ किलोग्राम तौल समूहमा सुजन राना तथा ७० किलोग्राम तौल समूहमा दीपकध्वज ठकुरी प्रथम भएका थिए । प्रतियोगिताकै बेस्ट पोजरका रूपमा बुटवल फिटनेसका सुनिल आले पुरस्कृत भए ।