साप्ताहिक संवाददाता
असार २१, २०७३
नेपालमै पहिलो पटक पीईटी सिटी स्क्यान मेसिन भित्रिएको छ । पीईटी अर्थात पोजिट्रोन एमिसन टोमोग्राफी मेसिनलाई नेपालमा सुरिया डायग्नोसिसले भित्र्याएको हो ।
यसको सहयोगले क्यान्सर, मुटु तथा मस्तिष्कका विभिन्न रोगहरूको परीक्षण एवं सिटी स्क्यान गरिन्छ । यसबाट रोगको पहिचान तथा अवस्था मूल्यांकन, रोगमा प्रयोग गरिएको औषधिले शरीरमा पारेको प्रभाव, क्यान्सर पुनरावृत्ति वा मुक्त भए–नभएको अवस्था पहिचानजस्ता काम गर्न सहज हुन्छ ।