असार २१, २०७३
पेसाले मेडिकल टेक्निसियन पाकिस्तानका जोन मोहम्मद खिलजी (४६) ले एक सय जना सन्तानको पिता बन्ने चाहना राखेका छन् ।
तीन जना श्रीमतीबाट पैतीस सन्तानका पिता भैसकेका जोन अब चौथो श्रीमतीको खोजीमा छन् । मुस्लिम देशमा एकभन्दा बढी विवाहलाई सामान्य रूपमा लिइन्छ । हिन्दुस्तान टाइम्सका अनुसार सरदार जोन मोहम्मदले आफू एकभन्दा धेरै विवाह गर्ने र धेरै सन्तान जन्माउने मामिलामा रेकर्डधारी नै हुने चाहना व्यक्त गरेका छन् ।
जोनले भनेका छन्– ‘अहिले मेरा ३५ सन्तान छन्, ती सबैको नाम मलाइ सम्झना छ ।’ उनले आफ्ना तीन श्रीमती आपसमा मिलेर बसेका र १ सय जना सन्तानको बाबु बन्ने आफ्नो चाहनालाई उनीहरूले सहयोग गरिरहेको जनाएका छन् ।