झरीमा जुत्ता भिजेपछि राम्रो हेरचाह भएन भने जुत्ता फाट्ने, गन्हाउने र ढुसी पर्नेजस्ता समस्या निम्तिन्छन् । कसरी गर्ने त झरीमा जुत्ताको स्याहार ? युनिक फेसन ग्यालरी बौद्धकी सीता दाहालको सुझाव :
स्पोर्ट सुज : झरीमा स्पोर्ट सुज लगाएर हिँडिएको छ भने घर फर्किएलगतै लेस निकालिदिनुपर्छ । राम्रोसँग पानी निथारेर सुक्न सक्ने गरी जुत्तालाई घोप्ट्याएर राख्नुपर्छ । भिजेको जुत्ता राम्रोसँग सुकेन भने बिग्रने सम्भावना हुन्छ ।
लेदर सुज : यो मौसममा सकेसम्म छालाको जुत्ता लगाउनु हुँदैन, तर विशेष कारणवश त्यस्तो जुत्ता लगाउनैपर्ने परिस्थिति छ भने जुत्तामा वाक्स पोलिस लगाउनुपर्छ । वाक्स पोलिस लगाउँदा जुत्ताको बाहिरी पातलो पत्र पानीले भिजे पनि जुत्ता भने सुरक्षित रहन्छ ।
प्लास्टिक सुज : प्लास्टिकको जुत्ता–चप्पल झरीका लागि सबैभन्दा उत्तम विकल्प हो । यस्तो जुत्ताले पानी नसोस्ने भएकाले पैताला पनि फोहोर पानीबाट सुरक्षित हुन्छ । पानीले भिजेर प्लास्टिकलाई पनि कुनै फरक पर्दैन । जुत्तामा हिलो लाग्यो भने त्यसलाई हल्का ब्रस गरेर सफा गरे पुग्छ ।
रबर सुज : झरीमा रबर सुज लगाएर हिँडिएको छ भने घर फर्किएपछि तुरुन्तै हावामा राखेर सुकाउनुपर्छ । भिजेको जुत्ता जतिसक्दो छिटो नसुकाए रबरबाट नराम्रो गन्ध आउन सक्छ भने जुत्ताको बाहिरी पत्र उप्किने खतरासमेत हुन्छ ।
भिजेको जुत्ता जबसम्म सुक्दैन तबसम्म सुर्याकमा राख्ने गल्ती गर्नु हँुदैन । भिजेको जुत्ता र्याकमा राखियो भने त्यसमा ढुस्सी लागेर जुत्ता खराब हुने सम्भावना हुन्छ । भिजेको जुत्तालाई सकेसम्म कडा घाममा सुकाउनुपर्छ ।