साप्ताहिक संवाददाता
असार २३, २०७३
दिनहुँ केश नुहाउँदा त्यसको प्राकृतिक तेल नष्ट हुन सक्छ । त्यसैले सातामा तीन पटक मात्र नुहाउनु उपयुक्त हुन्छ ।
केशलाई चिसो र सफा पानीले धुनुपर्छ । तातोपानीले केस रूखो बनाउनुका साथै टुक्रिने सम्भावना पनि हुन्छ ।
केश धोइसकेपछि तौलियाले बेरेर बाँध्नु हुँदैन, बरु खुला हावामा सुख्खा हुन दिनुपर्छ ।
चिसो केश काइँयोले कोर्नु उपयुक्त हुँदैन । त्यसो गर्दा केश टुक्रिने तथा झर्ने सम्भावना हुन्छ ।
कमसल वा सस्तो खालको स्याम्पु वा कन्डिसनर प्रयोग गर्नु हुँदैन ।