साप्ताहिक संवाददाता
२००५ मा मिस नेपाल हुनुभन्दा पहिलेदेखि नै उषा र जीपीबीच चिनाजानी थियो । जीपी निर्माता रहेको नेपाल टेलिभिजनको सो ‘म्युजिक प्लस’की कार्यक्रम सञ्चालिका उषा मिस नेपालमा सहभागी भएकी थिइन् । रौतहटका ‘ह्यान्डसम’ जीपी र वीरगञ्जकी ‘ब्युटी’ उषाको मनमा प्रेमको मुना त्यही ताका पलाइसकेको थियो । विवाहपछि काठमाडौंमा व्यवसाय गरी बसेको यो जोडीलाई ‘भगवान्ले मिलाएर पठाएको’ भन्नेहरू पनि छन् । हाल फेसन बुटिक ‘योर स्टाइलिस’ सञ्चालन गरिरहेकी उषाले जीवनसाथी जीपीका बारेमा साप्ताहिकसँग यसरी कुरा काटिन् :
असल बाइट्स
ह्यान्डसम : अग्लो र मिलेको कदकाठी, हँसिलो मुहार र मीठो बोली भएको ह्यान्डसम व्यक्तित्वका रूपमा उहाँलाई पाएकी छु ।
केयरिङ : श्रीमतीभन्दा पनि साथीजस्तो केयर गर्ने उहाँको बानी
मन पर्छ ।
कन्फिडेन्ट : कुनै पनि काम सहजताका साथ गर्न सक्छु भन्ने उहाँको आत्मविश्वासको म कदर गरिरहन्छु ।
राम्रो स्मरणशक्ति : उहाँको स्मरणशक्ति राम्रो छ, विशेषगरी जन्मदिन र विवाहको वार्षिकोत्सव बिर्सिएको अहिलेसम्म थाहा छैन ।
सरप्राइज दिइरहने : विशेष समयमा सरप्राइज दिइरहने उहाँको बानीको म कायल छु ।
खराब बाइट्स
वर्कोहलिक : काम भनेपछि अरू सबै कुरा थाँती राखेर व्यस्त हुने उहाँको ‘वर्कोहोलिक’ स्वभाव मन पर्दैन ।
अनावश्यक व्याख्या : कुनै पनि विषयमा अनावश्यक व्याख्या गरिरहनुहुन्छ, त्यो मन पर्दैन ।
ठुलो स्वर : दायाँ–बायाँ विचारै नगरी फोनमा ठूलो–ठूलो स्वरमा बोलेको राम्रो लाग्दैन ।
बढी पढालु : अध्ययनशील हुनु राम्रो हो, तर भेटे जति सबै किताब ल्याएर पढ्ने बानी खासै राम्रो लाग्दैन ।
कार्यालयमा बढी समय : आफ्नै निजी कार्यालय भए पनि अन्यत्र जागिर खाएजस्तो कार्यालयमै बढी समय बिताएको मन पर्दैन ।