मेष
आफ्ना कुनै पनि योजनामा निर्णय गर्न ढिलाइ नगर्नुहोला । विदेशमा अवसरको खोजी गरिरहनुभएको छ भने सफलता हात पर्ला । अग्रजहरूसँगको संगतले भविष्यको दिशा तय गर्न सघाउनेछ । व्यवसायबाट भएको आम्दानी सवारी साधनमा लगानी गरे तत्काल लाभ हुने देखिन्छ । सुनौलो रंगको पहिरन प्रयोग गर्दा सोचेजस्तै परिणाम प्राप्त हुन सक्छ ।
वृष
प्रभावशाली व्यक्तित्वहरूसँग भलाकुसारी हुनेछ । समयले साथ दिनेछ । ठूला–ठूला कार्य सम्पन्न गर्नुपर्ने हुनाले तिनको जटिलतातर्फ ध्यान पुर्याउनुहोला । मंगलबार मन खिन्न भए पनि अन्य दिन उत्साहजनक रहनेछन् । विलासिताका साधन खरिद–बिक्री गर्न अग्रसर भइनेछ । भ्रमणका क्रममा सरसामान छुट्न सक्छन् ।
मिथुन
निजी तथा सरकारी क्षेत्रबाट रोजगारीको प्रस्ताव आउनेछ, जसलाई आत्मासात् गरे आफैंलाई फाइदा हुनेछ । मित्रहरूले महत्त्वपूर्ण जिम्मेवारी सुम्पनेछन् । प्रतिष्ठित व्यक्तिसँगको भेटले नयाँ अनुभव प्रदान गर्नेछ । सेतो रंगको प्रयोगले फाइदा मिल्न सक्छ । यात्रामा सावधानी अपनाउनुहोला । बाहिरी खानपानले स्वास्थ्यमा प्रभाव पार्न सक्छ ।
कर्कट
रोजगारीका लागि विदेश जाने योजना पूरा हुन लामो समय कुर्नुपर्नेछैन । मन मिल्नेहरूले दिएको सुझाव अनुरूप चल्न सके आफैंलाई फाइदा हुनेछ । साताको अन्त्यमा घरायसी व्यवहारलाई समय नदिँदा अभिभावकहरू चिढिन सक्छन् । प्रेमिका उपयुक्त मुहूर्तको पर्खाइमा छिन् । निर्णय गर्न ढिलाई नगर्नुहोला ।
सिंह
अनौठा डिजाइनका पहिरनमा लगानी गर्दा मुनाफा हुन सक्छ । अनुशासित भै काम गर्दा षड्यन्त्रकारीहरूलाई परास्त गर्न सकिनेछ । महँगा पहिरनले अरूको मन लोभ्याउनेछ । योग, भ्रमण तथा शारीरिक व्यायामका कारण मानसिक आलस्यताबाट मुक्त भइनेछ । पर्यटकीय क्षेत्रको काममा थप मुनाफा हात लाग्नेछ ।
कन्या
मेहनत तथा लगनशीलताका कारण प्रशंसा प्राप्त हुनेछ । हतारमा गरिएका कामले हानि पुर्याउन सक्छ । पारिवारिक गुनासो बढ्नेछ । घर–व्यवहारमा सन्तुलन ल्याउने प्रयास गर्नुहोला । लगानि कम भए पनि व्यवसायिक क्षेत्रमा गरिएका निर्णयले परिवारबाट अनुमोदन पाउनेछ । अबेरसम्म बाहिर बस्दा समयको ख्याल गर्नुपर्नेछ ।
तुला
व्यवसायले विदेशयात्राको अवसर जुटाउन सक्छ, जसमा ठूलो लगानीको आवश्यकता पर्नेछ । हितैषीहरूसँग पहिलेका कमजोरी सच्याउँदै बिग्रिएको सम्बन्ध पुन: सुमधुर बनाउन सकिनेछ । अध्ययन–अध्यापनमा ध्यान केन्द्रित गर्नुहोला । धेरैको प्रशंसा बटुल्दै अरूको मन जिती समाजसेवातर्फ लागिनेछ । विशेष कामको जग बसाउन केही समय कुर्नुपर्नेछ ।
वृश्चिक
अर्काको बढी विश्वास गर्दा गोप्य सूचना बाहिरिएर विभिन्न समस्या आइलाग्न सक्छ । विद्वत्वर्गको संगतका कारण अप्ठ्यारो परिस्थितिको पहिचान गरी त्यसको समाधान खोज्न सकिनेछ । सुन्दर वस्त्रमा ठाँटिँदा विपरित लिंगीको नजर आफैंमाथि पर्नेछ । पुर्खाको धन तथा स्व–आर्जन खर्च गरी सवारी साधन तथा आधुनिक संयन्त्र खरिद गर्ने प्रेरित भइनेछ ।
धनु
सामूहिक लगानीमा नयाँ कार्य प्रारम्भ हुन सक्छ । मन पराउने साथीको भावनाको कदर गर्नुहोला । महँगा भैतिक साधनको उपयोगबाट विपक्षीहरू लोभिनेछन् । पुरानो कामबाट प्राप्त प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्याउनेछ । पहेंलो रंगको अनुसरणले अपेक्षाभन्दा छिटो सफलता प्राप्त हुनसक्छ ।
मकर
अचानक प्रेमप्रस्ताव प्राप्त हुन सक्छ । चाँडै निर्णय गरे अवसरको ढोका खुल्नेछ । साथीहरूबाट प्राप्त सुझाव लाभदायक हुनेछ । । प्रतिस्पर्धाबाट प्राप्त सफलताले पुरस्कार समेत दिलाउनेछ । भ्रमणको अवसर जुट्न सक्छ । यात्रा शुभ रहनेछ ।
कुम्भ
आफ्नो योजना सफल पार्न कठिन मेहनत गर्नुपर्ने देखिन्छ । सवारी साधन चलाउँदा विशेष ध्यान पुर्याउनुहोला । ढिलासुस्तीले राज्यस्तरका महत्त्वपूर्ण अवसरहरू गुम्ने खतरा छ, संयमित रहनुहोला । विदेशी पाहुनाहरूसँग भेटघाट गर्ने अवसर जुर्नेछ ।
मीन
तपाईंले अपेक्षा गरेको सहयोग प्रेमिकाबाट सहजै प्राप्त हुनेछ, जसलाई लिएर अरूले डाहा गर्नेछन् । प्रतिकूल परिपस्थतिका बाबजुद पहिरन तथा गहना खरिद गर्दा हुने खर्चले पिरोल्न सक्छ । पारिवारिक सहयोगका कारण समस्याहरू पन्छाउन सकिनेछ । साताको अन्त्यतिर भोजभतेरमा सहभागी हुन पाइनेछ ।