साप्ताहिक संवाददाता
मनैदेखि काम गर्नेहरू चर्चा बटुल्नतिर लाग्दैनन् (अन्तर्वार्ता : आफूलाई हिरो सावित गर्न काम गरेकी होइन) । सन्तुष्टिका लागि काम गर्छन् । आफूलाई हिरो साबित गर्न खोज्नेहरू कामभन्दा बढी प्रचारप्रसार खोज्छन् ।
विकास लिम्बू
रोबोट प्रतियोगिता अरूभन्दा फरक लाग्यो (रोबोट प्रतियोगिता सम्पन्न) । साँच्चिकै रोबोटबाट मुस्ताङ नुन पुर्याउन सके त्यो स्थानीयवासीहरूका लागि ठूलो राहत हुनेछ ।
रश्मि सापकोटा
सनीको विचारसँग म सहमत छु (फ्रन्टपेज : मेरो शरीर मेरो मन्दिर हो) । नेपाल विश्वकै आकर्षक मुलुक हो । यसमा कुनै शंका छैन । चर्चित व्यक्तिहरूले यसरी प्रचारप्रसार गर्दा नेपालको पर्यटनलाई टेवा पुग्छ ।
हीरा बम्जन
मलाई गजुरियलको ठम्याइचाहिँ बबाल लाग्छ (गजुरियल विश्लेषण : ओखती यार) । यसपालि प्रकाशित ओखती यार पनि गजब लाग्यो ।
हरि अधिकारी
तिलकबम मल्लको पेसाका सम्बन्धमा जानकारी थिएन (मेरो सेक्रेट : म इन्जिनियर पनि हुँ) । मीठा गीत गाउने गायक मल्लका अरू धेरै परिचय रहेछन् । उनी तेक्वान्दो खेलाडी तथा इलोक्ट्रोनिक्स इन्जिनियर पनि हुन् भन्ने नयाँ कुरा थाहा पाइयो ।
प्रेम बूढा
मेसीलाई पनि स्पेनले ठूलो अफर दिएको थियो (खेलकुद : के मेसीले निर्णय फेर्लान् ?) । स्पेनको राष्ट्रिय टिमबाट खेल्न मेसीले स्वीकार गरेनन् । त्यही भएर मेसीलाई स्पेनको श्राप लागेको छ । त्यसैले मेसीले राष्ट्रिय टिम छाडेकै राम्रो ।
निरन्जन फुयाँल
नेपालका लागि विदेशमा यसरी सामाजिक सेवाका कार्यक्रमहरू हुनु सुखद कुरा हो (हङकङमा हाइक फर नेपाल) । नेपालको पर्यटन प्रवद्र्धन गर्न निरन्तर यस प्रकारका कार्यक्रम भैरहनु आवश्यक छ । नेपालका बारेमा सकारात्मक सन्देश फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।
आशिष खड्का
प्राविधिक कोर्सहरूमा रोजगारीको बढी सम्भाबना हुन्छ (शिक्षा : उच्च ग्रेड ल्याउनेहरूका लागि प्राविधिक शिक्षा) । नेपालजस्तो विकासोन्मुख देशमा प्राविधिक कोर्स पढेकाहरूको खाँचो छ ।
भीमबहादुर गिरी
नेपालमा भाइबरका प्रयोगकर्ता धेरै नै छन् (साइन्स एन्ड टेक्नो : नेपालमा भाइबर) । यो अन्य एप्लिकेसनहरूभन्दा सजिलो पनि छ । त्यसैले यसको लोकप्रियता बढेको होला ।
सन्तोष कार्की