साप्ताहिक संवाददाता
असार २६, २०७३
भिडियो जक्की विशाल भण्डारीलाई निकट भविष्यमै कुनै चलचित्रमा देखियो भने अचम्म नमाने हुन्छ । अहिले उनी गोप्य रूपमा त्यसकै तयारी गरिरहेका छन् । म्युजिक भिडियोको निर्देशन गरेर स्थापित निर्देशकको छवि समेत बनाइसकेका भण्डारी यतिबेला आफ्नो अधिकांश समय जिममा बिताइरहेका छन् ।
भिजे तथा भिडियो निर्देशकले यति धेरै समय जिमशालामा बिताउनु नपर्ने हो, तर उनी कुनै लक्ष्य पूरा गर्न ज्यान बनाइरहेको अनुमान गर्न थालिएको छ । त्यसै त अग्लो कदका धनी विशाल, शरीरलाई सुगठित बनाएपछि थप हेन्डसम देखिएका छन् । पछिल्लो पटक म्युजिक भिडियोमा अभिनयसमेत गर्न थालेका विशालले ज्यान बनाउने कारण चलचित्रको अभिनय हो कि भन्ने कुरा अनुमान गर्न गाह्रो छैन ।
यदि त्यसो हो भने नेपाली चलचित्रले एउटा प्रतिभाशाली अभिनेता पाउने कुरामा दुईमत छैन ।