असार २६, २०७३
सेक्सटोयको सट्टा सेक्स रोबोटहरूको प्रयोग बढ्न थालेको छ । एक अनुसन्धानअनुसार पछिल्लो १० वर्षमा सेक्स रोबोटको लोकप्रियता बढ्दै गएको छ ।
डाक्टर इयान पियर्सनका अनुसार ब्याट्री प्रयोग हुने यस प्रकारको रोबोटलाई रिमोट कन्ट्रोलबाट पनि चलाउन सकिन्छ । यो रोबोटको शरीरको माथिको भागलाई आवश्यकताअनुसार फैलाउन पनि सकिन्छ । यो ५ फिटसम्म अग्लो हुन्छ । मिररसिओडट्युकेका अनुसार सजिलो तथा आफ्नो इच्छाअनुसार चलाउन पाइने हुनाले यसको प्रयोग बढ्न थालेको हो ।
वैज्ञानिक तथा अनुसन्धानकर्मीहरूका अनुसार सेक्स रोबोटको प्रयोग बढ्दै गए मानिसहरूबीचको अन्तक्र्रिया कम हुने खतरा छ ।