साप्ताहिक संवाददाता
हाम्रो पात्रो एप्स कतिपयको दैनिकी बनिसकेको छ । दैनिक तिथिमिति हेर्न मात्र होइन, लोडसेडिङ र समाचार हेर्न समेत यसको प्रयोग गर्नेहरू बढिरहेका छन् । यही कुरालाई दृष्टिगत गर्दै यसको नयाँ संस्करण १०.९.० सार्वजनिक गरिएको छ ।
हाम्रो पात्रोको नयाँ संस्करणलाई डिजाइनका साथै विभिन्न सामग्री पढ्ने र हेर्ने तरिकामा परिवर्तन गरेर सुविधाजनक बनाइएको बताइएको छ । नयाँ थपिएको र परिमार्जन गरिएको हाम्रो पात्रो एप्समा ग्रहदशा, राशिफललगायत पञ्चांगसम्बन्धी सम्पूर्ण जानकारी, दैनिक समाचार एवं सम्बन्धित समाचारहरूको अपडेट खबर, लोडसेडिङ तालिका, अर्थ बजार, रेडियो, विभिन्न सामग्रीको मूल्यसहितको जानकारी आदि राखिएको छ ।
सुस्त गतिको इन्टरनेटमा पनि सहजै चलाउन सकिने र ठूला तस्बिरको साइज पनि घटबढ हुने गरी तयार पारिएको यो एपमा तरकारीको मूल्यदेखि अन्य विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ ।