साप्ताहिक संवाददाता
मेरो नजरमा स्वर्ग होइन, नर्क हो । आँखाले स्वर्ग होला तर मनले नर्क । त्यसैले म मनले देख्ने मान्छे नर्क नै भन्छु ।
दीपेन्द्र अश्रुमाली
यो कुरा व्यक्ति, उसको चाहना र आकांक्षासँग सापेक्ष हुन्छ ।
मोद ढकाल
स्वर्ग र नर्क भन्नु मनको अनुभूति हो, मन त स्वदेशमै रमाउँछ । नेपाल स्वर्ग हो, विदेश नर्क ।
कृष्ण थापा, इजरायल
स्वर्गीय आभास आफैंभित्र पाइन्छ । आफ्नै वरिपरि अनि आफ्नै मातृभूमिमा त्यसलाई महसुस गर्न सकिन्छ ।
दीपेश केसी, नयाँ दिल्ली
नर्क हो, कता स्वर्ग हुनु ? परदेश बाध्यता र समस्याले ल्याएको अवस्था हो ।
रविचन्द्र भट्टराइ, अस्ट्रिया
स्वर्ग त नेपालमै छ नि ।
अरुणकुमार सिंह
विदेश कहिल्यै स्वर्ग हुन सक्दैन । स्वर्ग त नेपाल नै हो ।
रस्मिला कावान
नेपालमा रोजगारी नपाएपछि बिदेसिनु बाध्यता हो । सोचेजस्तो त कहाँ हुन्छ र ? विदेश आफ्नै गाउँ–घर जस्तो कहिल्लै हुँदैन ।
रमन कार्की
अहँ, छैन । मलाई नेपाल नै प्यारो लाग्छ ।
एलिना संग्रौला, बेलायत
काम–सीप सिक्न सकिन्छ तर भविष्यका लागि विदेश त्यति राम्रो र बस्न लायक ठाउँ होइन ।
सरोज बस्नेत
नेपाल नै राम्रो छ । विदेश अनुभव र सीपका लागि मात्र उपयुक्त हो ।
अम्बरिश पोखरेल, जापान