- प्रेम एउटा भावना हो जसलाई महसुस गर्न सकिन्छ तर परिभाषित गर्न सकिँदैन ।
-प्रेमलाई शब्दले परिभाषित गर्न सकिँदैन । यसलाई महसुस मात्र गर्न सकिन्छ तर प्रेम यति शक्तिशाली हुन्छ कि प्रेममा हरेक कुरा सम्भव हुन्छ ।
- प्रेम नि:सर्त हुन्छ र हुनुपर्छ, जस्तो आमाले आफ्नो शिशुलाई गर्छिन् र शिशुले आफ्नी आमालाई ।
- प्रेम आफ्नो भावना पोख्ने माध्यमसँगै आफ्नो आवश्यकता प्राप्त गर्ने अवसर हो ।
- दु:ख, पीडा र रोदनको साथी भनेकै प्रेम हो । पल–पलको पीडा बिर्साउने मल्हम हो— प्रेम ।
- प्रेम सुन्दर र निश्चल हुन्छ जहाँ हरेक दु:ख पीडा विलीन हुन्छ ।
- खुसी र अमूल्य जीवनको प्रतिविम्ब हो— प्रेम । अरूमा हाँसो छर्ने अनि आनन्द महसुस गराउने अचुक औषधि हो— प्रेम ।
- दु:ख र सुखको मिलन हो प्रेम, जहाँ जीवन लुकेको हुन्छ । प्रेमबिना जीवन अधुरो हुन्छ ।
- प्रेम एक–अर्कामा निहित रहने भावना हो जुन स्वार्थी पनि हुन्छ ।
- प्रेम पूर्ण छैन तर यो हरेक असम्भव कामको एकमात्र विकल्प हो ।
- सफलता र असफलताबीचको खाडललाई मस्तिष्कले होइन, मनले मेटन सकिन्छ ।
- प्रेम चलायमान हुन्छ । समय र परिस्थितिअनुसार हावाको बेगझैं चल्ने यो भावनारूपी प्रेम अविरल छ ।