पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेका सुशिल सिटौला चलचित्र ‘होस्टल रिटन्र्स’ मार्फत अभिनेताका रूपमा पदार्पण गर्ने कलाकार हुन् । भारतको नोयडामा अभिनयको प्रशिक्षण लिएर काठमाडौं आएका सिटौलाले अनुप बरालसँग पनि अभिनयको प्रशिक्षण लिए ।
केही विज्ञापनमा मोडलिङ गरेपछि ‘होस्टल रिटन्र्स’ मा आबद्ध भएका सुशीलले त्यसयता ‘सुन्तलीलाई भगाइलग्यो झिल्केले’ तथा ‘गाँजाबाजा’ मा मुख्य भूमिका निर्वाह गरेका छन् । पुख्र्यौली घर दूधे, झापा भए पनि पश्चिम नेपालको धनगढीमा जन्मिएर त्यहीं हुर्किएका सुशीललाई मन पर्ने दस नेपाली नायिका यस्ता छन् :
गौरी मल्ल
नायिका गौरी मल्लको व्यक्तित्व नै आकर्षक छ । म उनको स्माइल तथा अभिनयको प्रशंसक हुँ ।
रेखा थापा
नेपाली चलचित्रकी एक मात्र त्यस्ती महिला कलाकार जसले लामो समयदेखि यो क्षेत्रमा राज गरिरहेकी छिन् । म उनलाई सेल्युट गर्न चाहन्छु ।
करिश्मा मानन्धर
‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न...’ गीत हेरेदेखि मलाई करिश्मा मानन्धर मन पर्न थालेकी हुन् ।
दिया मास्के
चलचित्र ‘कागबेनी’ हेरेपछि म दिया मास्केको प्रशंसक भएको हुँ । उहाँको अभिनय मात्र होइन, बोलीचाली एवं व्यवहार पनि उत्तिकै लोभलाग्दो छ ।
ऋचा शर्मा
मलाई यी नायिकाको अभिनय मन पर्छ ।
नम्रता श्रेष्ठ
नायिका नम्रता श्रेष्ठ असाध्यै मन पर्छिन्, तर किन मन पर्छिन् म आफैंलाई थाहा छैन ।
स्वस्तिमा खड्का
स्वस्तिमासँग चलचित्र ‘होस्टल रिटन्र्स’ मा सँगै काम गर्ने क्रममा उनको चुलबुले तथा चटपटे बोलीको म प्रशंसक भएको थिएँ । उनको स्माइल पनि आकर्षक छ ।
सुरजनी केसी
सुरजनी ब्ल्याक ब्युटी हुन् । म उनको व्यवहार तथा बोलीचालीबाट प्रभावित छु ।
वर्षा शिवाकोटी
वर्षामा एक प्रकारको आकर्षण छ, जुन अन्य नायिकामा पाइँदैन ।
बेनिशा हमाल
बेनिशा हाँस्दा उनको खप्टिएको दाँत देखिन्छ, त्यो दाँत देखेर म भुतुक्कै हुन्छु । मलाई मात्र होइन, बेनिशाको त्यो दाँतले धेरैलाई लट्ठ बनाएको हुनुपर्छ ।