साप्ताहिक संवाददाता
असार २९, २०७३
गायक सिताराम पोखरेलको ‘आँखा भरि रंगिन सपना...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा गायक पोखरेल, भिडियोका निर्देशक समन अधिकारी तथा नायिका सुप्रिया कटवालले संयुक्त रुपमा उक्त भिडियो लोकार्पण गरेका हुन् ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक पोखरेलको पछिल्लो गीति एल्बम ‘सम्मान–२’ मा समावेश उक्त गीतका शब्दहरु स्व. दीपक कौडन्यले रचना गरेका हुन् भने किरण कँडेल यो गीतका संगीतकार हुन् । भिडियोमा गायक पोखरेल, नायिका कटवाल तथा सञ्चारकर्मी सूर्य चन्दले अभिनय गरेका छन् । भिडियोमा सुप्रियाले राजकुमारीको भूमिका निर्वाह गरेकी छिन् भने पोखरेलले दरवारको भारदारको भूमिका निर्वाह गरेका छन् ।
आँखा भरि रंगिन सपनाको म्युजिक भिडियो :