साप्ताहिक संवाददाता
असारको उखरमाउलो गर्मीबाट राहत प्राप्त गर्न गत शुक्रबार साँझ विराटनगरमा आयोजित पुल पार्टीमा डिजेले घन्काएको संगीतको तालमा स्थानीय युवाहरू रमाए ।
जिङ भोड्का गेट सेक्सी ग्य्रान्ड पुल पार्टीमा युवा जोडी ग्ल्यामरस पहिरन अनि विभिन्न संगीतको तालसँगै राति अबेरसम्म नाचिरहेका थिए । लेडी डिजे जेनीले लगातार बजाएको हिन्दी, नेपाली तथा अंग्रेजी गीतमा उपस्थित युवाहरू धीत मरुन्जेल रमाए ।
उक्त पार्टीमा प्रीति राई र चाँदनी श्रेष्ठको जुम्बा तथा बेलायतकी बेली डान्सर फ्लेमको नृत्यले वातावरणलाई थप तताएको थियो । असार २२ गते भैरहवामा आयोजित यस्तै कार्यक्रम अब नेपालगन्ज, धनगढी, इटहरी, चितवन, पोखरा हुँदै काठमाडौंमा समेत सञ्चालन हुने बताइएको छ ।
गेट सेक्सी ग्य्रान्ड पुल पार्टी
स्थान : होटल स्नेहा, नेपालगन्ज (असार ३१)
होटल साथी, धनगढी (साउन १)
समय : दिउँसो २ बजेदेखि
कलाकारहरू : डिजे जेनी, डिजे डुकेन, सोनिका केसी, रेश्मा पुन, प्रीति राई तथा चाँदनी श्रेष्ठ ।