साप्ताहिक संवाददाता
गत शुक्रबारदेखि सञ्चालनमा आएको हो— क्लब उडल्यान्ड । दरबारमार्गस्थित होटल उडल्यान्ड परिसरको भुइँतलामा रहेको क्लब उडल्यान्डले हरेक दिन साँझ ७ बजेपछि मध्यरातसम्म ग्राहकहरूलाई ‘मुडफ्रेस’ हुने गरी नचाउँछ ।
यहाँ डिजेले बजाउने विभिन्न डान्सिङ नम्बर्स र घन्किने अत्याधुनिक साउन्ड सिस्टम अनि विभिन्न डान्सिङ लाइट्सको झिलिमिलीले आगन्तुकहरू ननाची बस्न सक्दैनन् । बारमा पाइने देश–विदेशका ककटेल र मोकटेलको आनन्द लिँदै नाच्दा दिनभरीको थकाइ मेटिने र ‘रिफ्रेस’ भइने क्लब उड्ल्यान्डका सञ्चालकहरूको दाबी छ । जाने होइन त गुड फ्राइडे मनाउन क्लब उडल्यान्ड ?
@ गुड फ्राइडे
त्रिसारा, लेकसाइड पोखरा
गायन : अराज ब्याण्ड
समय : साँझ साढे ७ बजेदेखि ११ बजेसम्म
बिशेष परिकार : सिजलर, क्रिस्पि गार्लिक चिकेन, त्रिसारा चिकेन आदि ।
अकोस्टिका शिशा बार, सौराहा
गायन : लाइभ ब्याण्डका साथ
ग्राहक आफैले गीतार बजाएर गाउन सक्ने
समय : साँझ ७ बजेदेखि ११ बजेसम्म
बिशेष परिकार : पिज्जा, चिकेन फ्राई आदि ।
मधुशाला, दरबार मार्ग
गायन : जीवन कलाप्रेमी तथा समूह
समय : साँझ ७ बजेदेखि १२ बजेसम्म
बिशेष परिकार : चिकेन साँदेको, मम आदि ।
मोक्ष, झम्सिखेल
लाइभ : रस्टिनाइल्स् ब्याण्ड
समय : साँझ ७ बजेदेखि ११ बजेसम्म
बिशेष परिकार : बार बि क्यु, उड फायर्ड पिज्जा आदि ।
राजघराना गजल रेष्टुराँ, काठमाडौं प्लाजा
गायन : विकास तामाङ तथा समूह
समय : साँझ ७ बजेदेखि ११ बजेसम्म
बिशेष परिकार : चिकेन चिल्ली, तन्दुरी आदि ।