साप्ताहिक संवाददाता
असार ३१, २०७३
सीताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली’ ले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले गिरान्चौर एकीकृत बस्ती निर्माणमा लागि ४ करोड रुपैयाँ संकलन भएको बताएका छन् ।
मंगलबार नेपाल मेगा कलेजका विद्यार्थीहरूले खाजा खर्च बचाएर जम्मा गरेको ५५ हजार रुपैयाँ सहयोग रकम ग्रहण गर्दै धुर्मुसले ६५ वटा घर निर्माणका लागि अब १ करोड रुपैयाँ आवश्यक रहेको बताए ।
यही साता कतारमा सांस्कृतिक कार्यक्रम गरेर ३२ लाख रुपैयाँ संकलन भएको पनि धुर्मुसले स्पष्ट पारेका छन् । वैशाख २९ गतेदेखि निर्माण थालिएको गिरान्न्चौरमा निर्माण भैरहेका घर दसैंसम्ममा भूकम्पपीडितलाई हस्तान्तरण गरिनेछ ।