साप्ताहिक संवाददाता
श्रावण १, २०७३
मोबाइल फोनको ब्याट्री चार्ज गर्न अब तार नै जोडिरहनु पर्दैन । सामसुङ कम्पनीले उत्पादन गरेको वायरलेस चार्जर प्रयोग गरी सजिलैसँग ब्याट्री चार्ज गर्न सकिन्छ । वायरलेस चार्जरमा भएको प्लगको माध्यमले यसमा पहिले नै चार्ज स्टोर गरिएको हुन्छ ।
त्यसपछि आफूलाई मन लागेको समयमा चार्जरसँगै मोबाइल फोन राख्दा यसको ब्याट्री पनि सहज रूपमा चार्ज हुन्छ । नेपालमा सामसुङबाहेक अन्य विभिन्न कम्पनीका वायरलेस चार्जर उपलब्ध छन् । सामसुङको उक्त वायरलेस चार्जरको मूल्य २ हजार रुपैयाँ छ ।