श्रावण २, २०७३
पाकिस्तानका पूर्व क्रिकेट कप्तान साहिद अफ्रिदीको अबको योजना राजनीतिमा प्रवेश गर्ने भएको बताइन्छ । अफ्रिदी पाकिस्तानी क्रिकेटका विवादास्पद खेलाडी मानिन्छन्, तर उनी पाकिस्तानी क्रिकेट समर्थकहरूमाझ उत्तिकै लोकप्रिय पनि छन् । अफ्रिदी सम्भवत: यसकै फाइदा उठाउन चाहन्छन् ।
त्यसैले अहिले ३६ वर्ष पुगेका अफ्रिदीले घोषणा गरेका छन्–‘हो, म भाग्यले साथ दिए राजनीतिमा प्रवेश गर्न चाहन्छु ।’ यसका लागि उनले आधार पनि तयार पार्न थालिसकेका छन् । राजनीतिमा प्रवेशको पहिलो खुड्किलोका रूपमा हिजोआज अफ्रिदी सामाजिक काममा खुबै संलग्न हुन थालेका छन् । अफ्रिदी भन्छन्–‘म जनताको सेवा गर्न चाहन्छु ।’