स्वास्थ्यका दृष्टिकोणले हप्ताको एक दिन व्रत बस्नु शरीरका लागि फलदायी मानिन्छ । हरेक सोमबार व्रत बस्नु धार्मिक मात्र नभै प्राकृतिक एवं स्वास्थ्यका दृष्टिकोणले पनि
फाइदाजनक हुन्छ ।
साउन महिनामा बढी वर्षा हुने, कीटाणुको संक्रमण हुने हुँदा माछामासु जस्तो चाँडै संक्रमित हुने खाद्यवस्तु नखाएकै बेस हुन्छ । यसैगरी धेरैले यो महिना शरीरलाई उत्तेजित तुल्याउने लसुन, प्याज पनि खाँदैनन् ।
यो सिजनमा कहिले प्रचण्ड गर्मी हुने त कहिले झरी पर्ने भएकाले भोकभोकै बसेर व्रत लिनु हानिकारक सावितहुन सक्छ ।
साउनमा सोमबारको व्रत चोखोनितो भएर बस्ने चलन छ ।
साउन महिनाभर फलफूल, दूधजस्ता पोसिला खानेकुरा बढी खानुपर्छ । व्रत बसेको छु भन्दैमा दिनभर आलस्य हुने गरी केही नखाई बस्दा भगवान् खुसी हुन्छन् भन्ने मान्यता त्याग्नुपर्छ । त्यसैले व्रत बसेका बेला पनि आफ्नो शरीरको आवश्यकता हेरेर आवश्यक खानेकुरा खानुपर्छ ।