साप्ताहिक संवाददाता
मेकअप गर्नुअघि फेसवास गर्ने त्यसपछि टोनर लगाउने । टोनर लगाएपछि छालाको टेक्सचर अनुसार मोस्चराइजर लगाउने । त्यसपछि फाउन्डेसन अनि लुज पाउडर वा प्यानस्टिक प्रयोग गर्ने । लामो समय मेकअप टिकाउन प्यालेट प्रयोग गर्ने । त्यसपछि रंगीन मेकअप सुरु गर्ने ।
रंगीन मेकअप आँखाबाट प्रारम्भ हुन्छ । गालामा ब्रसर लगाएपछि अन्त्यमा ओठको मेकअप गर्ने ।
आँखाको मेकअप गाढा छ भने ओठको मेकअप हल्का गर्ने । ओठको मेकअप गाढा भए आँखाको मेकअप हल्का गर्ने । कस्मेटिक प्रोडक्टहरूमा गाजल, आइस्याडो, पाउडर, लिपिस्टिक, मस्करा तथा ब्रसर प्रयोग गर्न सकिन्छ । अविवाहितहरूले मेकअपमा रातोभन्दा गुलाफी वा सुनौलो रंग प्रयोग गर्नु उपयुक्त हुन्छ ।
विवाहित महिलाको मेकअप
साउन महिनामा अधिकांश महिला हरियो, पहेंलो तथा रातो रंगको संयोजन भएको मेकअपप्रति बढी रुचि देखाउँछन् । साउनमा वर्षा उत्कर्षमा हुने भएकाले सकेसम्म वाटरप्रुफ तथा सुहाउँदो मेकअप गर्नु आवश्यक हुन्छ ।