साप्ताहिक संवाददाता
अनमोल केसी ‘ब्रान्ड हिरो’ भैसकेका छन् । एकपछि अर्को सुपरहिट चलचित्र दिइरहेका नायक अनमोलको नाम कुनै बेला भुवन केसीका चलचित्रमा सहनिर्माताका रूपमा आउँथ्यो ।
भुवनबाट पारपाचुके गरेर अलग्गिएकी अनमोलकी अभिनेत्री तथा निर्मात्री आमा सुष्मिता केसीले अनमोलकै नाममा सञ्चालन गरेको निर्माण कम्पनी अनमोल क्रिएसन्सको ब्यानरमा तयार भएको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । अनमोल केसीको नाम पनि निर्मातामा रहेको यो चलचित्रका अर्का निर्माता सुवास थापा हुन् । अनमोल आफैं भने यो चलचित्रमा देखा पर्ने छैनन् । चलचित्र म त तिम्रै हँु बाट नेपाली रजतपटमा नायक आकाश श्रेष्ठ तथा नायिका ज्योत्सना योगीको आगमन हुँदैछ ।
प्रेम कथात्मक यो चलचित्रमा एक युवा प्रेमजोडीमा हुने असमझदारीको कथा छ । प्रेममा परेका नायकको आफ्नी आमासरहकी महिलासँगको सम्बन्धलाई नायिकाले बुझ्न नसक्दा हुने असमझदारीलाई यो चलचित्रमा केलाइएको बताइन्छ । निर्देशक श्रीराम महतको यो पहिलो चलचित्र हो ।
निर्देशक : श्रीराम महत
संगीत : हर्कुलस बस्नेत
कलाकार : सुस्मिता केसी, आकाश श्रेष्ठ, ज्योत्सना योगी, जीवन भट्टराई, सुसन खड्का, अनुपम श्रेष्ठ, सुशील काफ्ले आदि ।
चलचित्र 'म त तिम्रै हुँ' को ट्रेलर