साप्ताहिक संवाददाता
श्रावण ८, २०७३
मिस्टर नेपाल गणेश अग्रवाल बेलायतमा सम्पन्न ‘मिस्टर वल्र्ड–२०१६’ प्रतियोगितामा उत्कृष्ट २० मा पर्न सफल भएका छन् । प्रतियोगितामा भारतका रोहित खण्डेवालले मिस्टर वल्र्डको उपाधि जितेका थिए भने मिस्टर प्युटोरिको तथा मिस्टर मेक्सिकोले क्रमश: फस्ट तथा सेकेन्ड रनर्सअपको उपाधि जिते । अग्रवाल केही महिनाअघि एक्सपोज नेपालले काठमाडौंमा आयोजना गरेको ‘मिस्टर नेपाल–२०१६’ मा विजयी भएका थिए ।