साप्ताहिक संवाददाता
श्रावण ८, २०७३
यतिबेला अभिनेता सौगात मल्ल तथा दयाहाङ राईसँग कसैले सम्पर्क गर्न खोजे भने फेला पार्न सक्दैनन् । साप्ताहिकले यी दुई अभिनेतासँग एउटै विषयका लागि सम्पर्क प्रयास गरेको थियो, तर असफल भयो । उनीहरूको मोबाइलमा सम्पर्क गर्न खोज्दा मोबाइलले नै जवाफ दिन्छ— मोबाइलको स्विज अफ गरिएको छ ।
बरु त्यस क्रममा सौगात र दयाका नजिकका एक चलचित्रकर्मीसँग सम्पर्क भयो । ‘उनीहरू त अहिले भूमिगत छन्, ती चलचित्रकर्मी भन्छन्— उनीहरू चलचित्र ‘लुट–२’ को रिहर्सलका लागि भूमिगत भएका हुन् । अझै केही दिन उनीहरू भूमिगत नै रहनेछन् । दया र सौगात सहभागी भएका चलचित्र किन सफल हुन्छन् भनेको कारण यस्तो पो रहेछ ।