साप्ताहिक संवाददाता
श्रावण ९, २०७३
भिज्युअल आर्टिस्ट सुनिला बज्राचार्य अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । नेपाल आएकी सुनिलाले गत साता पाटनको कोबहालस्थित नेवा छे: ग्यालरीमा आफ्नो एउटा अदभूत कार्यको प्रदर्शन गरिन् । सुनिला केही वर्षयता क्यालिफोर्नियामा मानसिक रोगबाट ग्रसित बालबालिकाहरूलाई चित्रकला प्रशिक्षण प्रदान गरिरहेकी छिन् । ती बालबालिकाहरूबाट सिर्जिएका कलाको प्रदर्शनी नेवा छे: ग्यालरीमा सञ्चालित छ । केही बालबालिकामा जन्मदेखि नै देखिने एकप्रकारको मानसिक रोग अटिस्टिक तथा अटिज्म भएका दुई दर्जन अमेरिकी बालबालिकाले सिर्जना गरेका चित्रहरू ‘एभ्री लाइभ म्याटर्स’ शिर्षकको उक्त प्रदर्शनीमा राखिएका छन् ।