साप्ताहिक संवाददाता
तपाईंलाई आशे भनेर चिन्ने कि सुकुमाया ?
कान्तिपुर टेलिभिजनको हास्य श्रृंखला ‘हर्के हल्दार’ को २ सय भागसम्म मलाई दर्शकहरूले ‘आशे’ भनेर चिन्नुहुन्थ्यो । त्यसपछि अहिले २ सय ७३ भागसम्म आइपुग्दा म ‘सुकुमाया’ का रूपमा चिनिन थालेकी छु ।
आशेबाट सुकुमाया बन्ने निर्णय कसको थियो ?
यो मेरै व्यक्तिगत निर्णय हो, जसलाई निर्देशक प्रकाश सुवेदीले सहर्ष स्वीकार गर्नुभयो । ‘आशे’ को भूमिकामा लामो समय अभिनय गर्दा नयाँपन दिन सकिएन भन्ने सोचेर ‘सुकुमाया’ को भूमिकामा प्रस्तुत हुने निर्णय गरेकी थिएँ । दर्शकहरूले यो भूमिकालाई अझ बढी मन पराउनुभएकोमा खुसी छु ।
नेवार समुदायकी युवती बन्ने क्रममा संवाद बोल्न कत्तिको गाह्रो भयो ?
सुरु–सुरुमा केही गाह्रो भएको थियो । बोल्दा–बोल्दै सहज हुन थाल्यो । हुँदा–हुँदा मैले बोलिरहने एउटा वाक्य ‘मेरो मुर चेन्ज भयो, म बिहे गर्दैन अब...’ त लोकप्रिय नै भैसकेको छ । दर्शकहरूले मलाई यही संवाद बोलेर जिस्क्याउनुहुन्छ ।