साप्ताहिक संवाददाता
प्रत्येक जिल्लामा कमसेकम एउटा गतिलो रंगशाला बनाउनुपर्यो । फुटबलमा राजनीति घुस्नु भएन, प्रत्येक जिल्लाबाट छानेर राम्रो खेल्नेलाई मौका दिनुपर्यो ।
कुमार बुढाथोकी
फुटबल लाई गुट्बल (गुटको राजनीति) बाट टाढा राख्नुपर्छ अनि फुटबल खेलाडीलाई राज्यले संरक्षण गर्नुपर्छ । खेलाडी जन्मने अवसर तयार पार्नुपर्छ ।
प्रशान्त श्रेष्ठ
प्रतिभा हेरेर खेलाडी छनौट गरौं अनि उचित किसिमको खेल मैदान होस ।
किक्रेट दिवस
फुटबलमा लगानी बढाउनुपर्छ, फुटबल संघलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुरूप खेलमैदानहरू निर्माण गरी खेलाडीहरूलाई पर्याप्त तालिम दिनुपर्छ ।
विकास श्रेष्ठ
उन्नत जातको फुटबल नेपाल भित्र्याउनुपर्छ ।
एसके पराजुली
स्तरोन्नति गरिएका फुटबल मैदानहरू तयार गर्नुपर्छ । स्थानीय क्लबहरूका लागि राष्ट्रले केही गर्नुपर्यो ।
राकेश गुरुङ
विदेशको जस्तै नीति अवलम्बन गर्नुपर्छ ।
ब्रिटिश गोर्खा
सरकारले खेलाडीहरूलाई प्रोत्साहनस्वरूप भत्ता दिनुपर्छ ।
विष्णु मगर लक्की
सरकारले खेलकुदका लागि राम्रो बजेट छुट्याउनुपर्यो । स्टेडियमहरू राम्रो बनाउनुपर्यो । एन्फालाई चुस्त–दुरुस्त राख्नुपर्यो । त्यति गर्यो भने फुटबलको विकास आफैं हुन्छ ।
जेबी राई
पूर्वाधार विकासमा जोड दिनुपर्यो । खेलाडीहरूलाई तलैदेखि प्रतिस्पर्धा गराउँदै ल्याउनुपर्छ, साथै खेलाडीको सेवा, सुविधा समयानुकूल बनाइनुपर्छ ।
राजीव बुढाथोकी
खेलाडीहरू व्यक्तिगत चिन्ताबाट मुक्त हुने व्यवस्था मिलाउनुपर्यो ।
दिवस तामाङ
सबै क्षेत्र र निकायको चासो एवं सहयोग रहनुपर्यो । राजनैतिक हस्तक्षेप बन्द हुनुपर्यो ।
काम नभएको मुन्छे
फुटबललाई राजनीतिबाट टाढै राख्नुपर्छ ।
आयुश शाही
सेवा–सुविधाहरू जुटाउँदै फुटबललाई राजनीतिभन्दा टाढा राख्नुपर्छ ।
जगत बुल्बुल
उचाइ भएका खेलाडी छनौट गर्नुपर्छ ।
प्रतीक केसी
खेलाडीहरूलाई पूरै खेलको जिम्मेवार दिनुपर्छ ।
नवराज तिमिल्सिना