साप्ताहिक संवाददाता
रुबिता बस्नेत ‘टिन स्टार नेपाल–२०७३’ को उपाधि जित्न सफल भएकी छिन् । राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा १५ प्रतियोगिलाई पछि पार्दै रुबिताले उपाधि जितेकी हुन् । लिटिल एन्जल्स स्कुलमा कक्षा ११ मा अध्ययनरत रुबिताले प्रतियोगितामा मस्ट कन्फिडेन्टको एवार्ड पनि हात पारिन् । मर्निङ ग्लोरी इन्टरटेनमेन्टले आयोजना गरेको दोस्रो संस्करणको यो प्रतियोगितामा वर्षा बस्नेतले सेकेन्ड रनर्सअप तथा करुणा सनुवारले थर्ड रनर्सअपको उपाधि जिते ।
प्रतियोगितामा निभ्रिती कुँवरले मस्ट एक्टिभ, सुस्मिता कार्कीले बेस्ट फोटोजेनिक, आयुष्मा पुनले बेस्ट स्किन, अनामिका राजथलाले बेस्ट क्याटवाक, श्रद्धा सिलवाल तथा स्नेहा तामाङले बेस्ट डिसिप्लिन, सदीक्षा कर्मचार्याले बेस्ट स्माइल, सोफिया घलेले बेस्ट क्याटवाक, एन्जिला श्रेष्ठ र उजिना लामाले बेस्ट फोटोजेनिक, सुजाता पुनमगरले बेस्ट कन्फिडेन्ट, विशाल घिमिरेले मस्ट एक्टिभ तथा निश्चल थापाले मस्ट फ्रेन्ड्ली उपाधि हात पारे ।
१४ किशोरी तथा २ किशोर सहभागी उक्त कार्यक्रममा गायक सत्यराज आचार्यले गजल प्रस्तुत गरेका थिए भने गायिका सीमा शाह, गायक सुमन सिंह, नवगायक सुरज लामाले पनि गीत प्रस्तुत गरेका थिए ।