साप्ताहिक संवाददाता
श्रावण १३, २०७३
यो विश्वकै सर्वाधिक कम्प्याक्ट ब्लुटुथ ४.१ वायरलेस इयरफोन हो । ४.१ ब्लुटुथ भएकाले यसको प्रयोगबाट ३६ फिट टाढाको म्युजिक पनि सुन्न सकिन्छ । यो विभिन्न प्रकारको अडियो स्ट्यान्डर्डमा उपलब्ध छ । केवल ४ ग्राम मात्र वजन भएकाले यसको प्रयोग सहज छ । वाटरप्रुफ भएकाले स्वीमिङ वा अन्डरवाटर स्पोर्ट्समा रुचि राख्नेहरूका लागि यो इयरफोन निकै लाभदायक सावित हुन्छ ।