साप्ताहिक संवाददाता
श्रावण १३, २०७३
बाध्यतावश निर्देशक भएकी अभिनेत्री हुन्— रेखा थापा । उनले श्याम भट्टराईले निर्देशन गर्दागर्दै छाडेपछि चलचित्र ‘हिम्मतवाली’ मार्फत निर्देशनमा हात हालेकी हुन् । ‘हिम्मतवाली’ व्यवसायिक रूपमा सफल भएपछि रेखाको निर्देशकीय क्षमताको प्रसंशासमेत भयो ।
उक्त चलचित्रको सफलतापछि आफ्नो ब्यानरका सबै चलचित्रको निर्देशन रेखा आफैंले गर्ने अनुमान गरिएको थियो, जुन सही सावित भएन । यतिबेला रेखाले पुन: एकपटक निर्देशनमा रुचि देखाएकी छिन् । रेखाले आफ्नो नयाँ चलचित्रमार्फत नयाँ नायक जन्माउने घोषणा पनि गरेकी छिन् । रेखाको नयाँ चलचित्र वर्ष २०७४ को प्रारम्भमै प्रदर्शनमा आउने बताइएको छ ।