साप्ताहिक संवाददाता
काठमाडौंका लाउञ्ज तथा क्लबहरूमध्ये युवाहरूको रोजाइमा परेको दरबार मार्गस्थित भिक्ट्री लाउञ्जमा पुग्नेहरू आज शुक्रबार प्रदर्शोन्मुख चलचित्र ‘चपली हाइट टु’को टिमसँग समय साट्न पाउने छन् ।
आयुष्मान देशराज श्रेष्ठ, मरिष्का पोखरेल, परमिता राणा, निर्देशक दीपेन्द्र के खनाल, निर्माता अर्जुन पोखरेल आज साँझ पेजथ्री नेपालले आयोजना गर्ने पार्टी ‘द वाक अफ फेम’मा सहभागी हुँदैछन् ।
‘नाइट अफ म्याजिक’ भनिएको यो पार्टीलाई भारतबाट आएका डिजे आमोरले घन्काउनेछन् भने यहाँका तीन चर्चित डिजेले पनि उनलाई साथ दिने छन् । गुड फ्राइडेलाई साँच्चै ‘गुड’ बनाउने हो भने आज साँझ ७ बजेदेखि भिक्ट्रीमा अड्डा जमाउन सकिन्छ । आज जान सकिएन भने भोली शनिबार साँझ भिक्ट्रीमा गायक नरेन लिम्बुको लाइभ प्रस्तुति छ ।
@ फ्राइडे
फेसेज लाउञ्ज एण्ड बार, ठमेल
डिजे : डिजे गणेश/डिजे जेक
समय : राति ११:३० देखि बिहान ४ बजेसम्म
फ्राइडे स्पेसल : फ्लेमिङ लेम्बोर्जिनी/क्रिस्पी चिकेन
कर्मा लाउञ्ज, युडब्लूटिसी, त्रिपुरेश्वर
डिजे : डिजे ग्लोरिया (भारत)/ डिजे सुरेन
समय : राति ११ बजेदेखि बिहान ४ बजेसम्म
फ्राइडे स्पेसल : ब्लूओसन ककटेल
लाइभ
ग्य्रान्ड पुल पार्टी
स्थान : जंगल वल्र्ड रिसोर्ट, सौराहा
मिति : साउन १४ गते, शुक्रबार
समय : साँझ ४ बजे लाइभ
डिजे : सेक्सी डिजे जेनी
आयोजक : जिंक भोडका थप
आकर्षण : बेली डान्स, जुम्बा तथा लाइभ ट्रेस म्युजिक