श्रावण १६, २०७३
युरो–२०१६ का सबैभन्दा ठूला स्टार हुन्— गेराथ बेल । वेल्सको सेमिफाइनल यात्रासँगै उनी लगातार चर्चामा छन् । युरोको सफलताले रियल म्याड्रिडका यी स्टार पनि निकै खुसी छन् ।
त्यसैले उनले फ्रान्सबाट फर्किएलगत्तै आफ्नो जीवनकै महत्वपूर्ण निर्णय गरेका छन्— आफ्नी प्रेमिका इमा रायेस जोन्ससँग इन्गेजमेन्ट गर्ने । सानै उमेरदेखि साथी रहेका उनीहरू लिभ–इन रिलेसनमा रहेको पनि लामो समय बितिसकेको छ । बेल र इमाका दुई छोरी पनि छन् । युरोबाट फर्किएपछि बेलले इमासमक्ष विवाहको प्रस्ताव राखेका थिए ।
त्यसको जवाफमा इमाले नाइँ भन्ने त प्रश्नै थिएन, इमाले खुसीका साथ बेलको प्रस्ताव स्वीकार गरिन् । इन्गेजमेन्टपछि चाँडै विवाह गर्ने उनीहरूको योजना छ ।