साप्ताहिक संवाददाता
राजेश हमाल नेपालमा एक मात्र त्यस्ता कलाकार हुनुहुन्छ, जसले आफू को हुँ भनेर चिन्नुभएको छ । आफ्नो व्यक्तित्व र ख्यातिलाई मेन्टेन गर्नुभएको छ । वर्षौंदेखिको उही निरन्तरता, शारीरिक बनोट, अनुहार, अभिनय, द्वन्द्वका साथै शैक्षिक योग्यताका कारण पनि उहाँलाई महानायक उपाधिबाट सम्बोधन गरिनुलाई म जायज मान्छु ।
लक्ष्मी बस्नेत, मोडल/कोरियोग्राफर
के भन्नु खोइ ?
ग्रिहेन्द्र घिमिरे, इन्ट्रेप्रेनर
जायज छैन, उनको अभिनय सधैं एकनासको रह्यो । उनी भर्सटायल कलाकार त होइनन्, महानायक त झन् परको कुरा हो ।
सुरेश पौडेल, वृत्तचित्र निर्माता
नायक मात्र हुन्, महानायक होइनन् । शरीरको साइज र प्रशंसकका आधारमा मात्र महानायक मान्ने हो भने छुट्टै कुरा हो ।
जगदीश्वर थापा, चलचित्र लेखक
जायज छ, किनभने उहाँकै कारणले नेपाली चलचित्र क्षेत्र यहाँसम्म आइपुगेको हो ।
मनोज केसी, पूर्वअध्यक्ष, नेफ्टा
समयसँगै धेरै नायकले अभिनयसँगै अन्य काम गरिरहेको सन्दर्भमा राजेश हमाल यस्ता अभिनेता हुनुहुन्छ, जो सदा नायकका रुपमा मात्र सक्रिय हुनुहुन्छ । वर्षौंदेखि धेरै दर्शकले उहाँलाई नायककै रूपमा देखेका छन् । उहाँको यही योगदानको कदर गर्दैै महानायक भन्नु सही हो ।
रिनेशा राई, नृत्य निर्देशक
लामो समयदेखिका सदाबहार नायक तथा दर्शकले माया गरेको भएर होला, उहाँलाई महानायक भनेर सम्मान गरिएको । उहाँलाई महानायक भनिनुलाई म जायज मान्छु ।
कनिपा सिंह, रंगकर्मी
रमहानायकको परिभाषा मलाई थाहा नभएकाले जायज–नाजायज, भन्न सक्दिनँ ।
प्रदीपकुमार उदय, निर्माता
संख्यात्मक हिसाबले धेरै चलचित्रको नायक हुँदैमा कोही महानायक हुन्छन् र ? त्यसबाहेक यो क्षेत्रमा उहाँको के योगदान छ ?
नीतु पोखरेल, नायिका
२७ वर्षभन्दा बढी समय चलचित्र क्षेत्रकै लागि समर्पित गरेकाले उहाँलाई महानायक भनिनु म जायज मान्छु ।
नम्रता सापकोटा, नायिका
संख्यात्मक हिसाबले नेपाली चलचित्रमा उहाँले दिनुभएको लामो समय, उहाँको बौद्धिक लेभल तथा नेपाली दर्शकको माया र लोकप्रियताका कारण उहाँ महानायक नै हो ।
बाबु बोगटी, गायक/नायक
महानायकभन्दा पनि उनी कर्मठ अभिनेता हुन् । साढे दुई दशकभन्दा लामो कालखण्डमा उनले पात्र र चरित्रमार्फत नेपाली समाजको एजेन्डा पर्दामा प्रस्तुत गरे । उनले निर्वाह गरेको विद्रोही चरित्र देखेर युवाहरूले उनलाई आइकन माने । उनलाई महानायक मानिएको विषयमा डिस्कोर्स जरुरी छ ।
विष्णु शर्मा, चलचित्र समीक्षक
राजेश हमाल नि:सर्त नेपाली चलचित्रको बक्सअफिसका लागि ‘फेसभ्यालु’ भएका कलाकार थिए, तर जसले हमाललाई ‘महानायक’ को उपाधि प्रदान गर्यो, उसलाई पनि किन यो उपाधि दिइयो थाहा छैन होला ।
अशेष अधिकारी, पत्रकार