साप्ताहिक संवाददाता
श्रावण २०, २०७३
धर्म–कर्म गर्न पट्टी तिम्रो ध्यानै गएन
जुन बेला भन्छौ बुढो पैसै भएन
ब्रतै बस्यो, पेटै कस्यो पटुकीको फेराले
खाली पेट त भर्नै पऱ्यो स्याउ र केराले
गायिका सीता केसीले तीजको नयाँ कोसेली स्याउ र केराले बजारमा ल्याएकी छिन् । दुई हप्ताअघि सार्बजनिक गरिएको यो गीतले लोकप्रियता पाउँदै गएको छ । यस गीतमा मिस्टर बाबु अधिकारी र गायिका स्वयं सीताको स्वर रहेको छ । उत्पादक तथा बितरक फ्लोरिना फिल्मस प्रा.लिले बजारमा ल्याएको यो गीतको शब्द मिस्टर बाबु अधिकारीकै रहेको छ । यसअघि सीताले मलाई अमेरिका यहि, छलछल पानी , तिम्रै बाटो हेरी जस्ता गीतहरु बजारमा ल्याईसकेकी छिन् ।
स्याउ र केराले गीतको भिडियो