साप्ताहिक संवाददाता
यो एउटा गाउँको कथा हो जहाँ वैशालु युवती उन्मत्त भएकी सुन्तली बस्छिन् । त्यहाँ उनको माया पाउने आशा गर्ने युवाहरू पनि धेरै छन् । झिल्के सुन्तलीलाई माया गर्छ । सुन्तली पनि झिल्केलाई मनपराउँछिन् ।
आफ्नो मायाका बाधकहरूलाई पन्छाउँदै अन्तत: झिल्केले मौका मिलाएर सुन्तलीलाई आफूसँग भगाउँछ । ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’मा हास्यरस भरिएको प्रेमकथा छ । पुरानो लोकगीत ‘नक्कलीलाई भगाई लग्यो झिल्केले’ बाट प्रभावित यो चलचित्रको शीर्षक तथा कथा दुवैले गाउँघरको प्रतिनिधित्व गर्छन् । मोडलिङमा जमेकी सुरजनी केसीले नायिकाका रूपमा चलचित्रमा पर्दापण गर्न लागेको यो चलचित्रमा ‘होस्टल रिटर्नस’बाट उदाएका सुशील सिटौला नायक छन् । राहुल राईको छायांकन, गम्भीर विष्टको नृत्य, नवीन निरौलाको सम्पादनमा तयार पारिएको सुन्तलीलाई भगाई लग्यो झिल्केका निर्माता निर्देशक ऋषिराज आचार्य आफैं हुन् ।
निर्देशक : ऋषिराज आचार्य
संगीत : कालीप्रसाद बास्कोटा
कलाकार : सुशान्त कार्की, शिशिर भण्डारी, सुरजनी केसी, सुशील सिटौला आदि ।
सुन्तलीलाई भगाई लग्यो झिल्केले को ट्रेलर