साप्ताहिक संवाददाता
श्रावण २१, २०७३
आज शुक्रबार ठमेलस्थित इबेजा लाउञ्ज एण्ड डिस्कोमा मनसुनलाई बबाल तरिकाले सेलिब्रेट गरिँदैछ ।
देशका केही चर्चित सेलिब्रेटीसँग सेलिब्रेसन गर्न पाइने ‘बबाल मनसुन फ्राइडे’मा साइन ब्याण्डले लाइभ संगीत सुनाउनेछ, त्यो पनि आफ्नै फर्माइसमा ।
साँझ सात बजे प्रारम्भ हुने उक्त सेलिब्रेसनमा विदेशका विभिन्न स्थानमा छायांकन गरिएको प्रदर्शोन्मुख चलचित्र ‘द विनर’का कलाकारहरू उपस्थित हुनेछन् भने राति ११ बजेदेखि डिजे फिजोक, डिजे पुनित तथा डिजे नोर्छेनले मध्यरातसम्म आगन्तुकहरूलाई नचाउने छन्