साप्ताहिक संवाददाता
तिमी आएनौ...
गायक रामकृष्ण ढकालको १५ औं एल्बम ‘आवरण’ मा समावेश ‘तिमी आएनौ...’ को म्युजिक भिडियो काठमाडौंमा प्रिमियर गरिएको छ । निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा मञ्चिन शाक्य तथा निलम ढकालले अभिनय गरेका छन् ।
सुसनको सोल्टिनी
लिम्बू भाषाका लोकप्रिय गायक सुसन साम्सोहाङ लिम्बूको स्वरको लोक–आधुनिक नेपाली एल्बम ‘सोल्टिनी’ काठमाडौंमा विमोचित भएको छ जसमा लोक–आधुनिक शैलीका पाँचवटा गीत समावेश छन् ।
कन्दराको भेडी गोठैमा
सांगीतिक समूह ‘कन्दरा’ ले आफ्नों पाँचौं एल्बम ‘कन्दरा–५’ मा समावेश गीत ‘भेडी गोठैमा...’ को म्युजिक भिडियो ‘कल कान्तिपुर’ कार्यक्रममार्फत प्रिमियर गरेको छ । सरुभक्तको शब्दको उक्त गीतको भिडियो भूषण दाहालले निर्देशन गरेका हुन् ।
चल बतास चल
गायक प्रमोद खरेलको आफ्नो नयाँ गीत ‘चल बतास चल...’ को अडियो युट्युबमार्फत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीतको उक्त गीतमा शीतल कादम्बिनीको शब्द सुन्न सकिन्छ ।