रियो ओलम्पिकमा सबैभन्दा ठूलो टिम संयुक्त राज्य अमेरिकाको छ । अमेरिकाले रियो ओलम्पिकमा ५ सय ५५ जना खेलाडी सहभागी गराएका छन् जसमा २ सय ६३ पुरुष तथा २ सय ९२ महिला खेलाडी छन् ।
पुरुषभन्दा महिला खेलाडीको संख्या बढी भएको टिम पनि अमेरिका नै हो । रियो ओलम्पिकमा सर्वाधिक महिला खेलाडीलाई सहभागी गराउने टिम पनि अमेरिका नै हो । रियो ओलम्पिकमा चीनले पनि पुरुषभन्दा महिला खेलाडीलाई बढी सहभागी गराउनेछ । चीनका लागि रियोमा १ सय ५७ पुरुष खेलाडीको तुलनामा २ सय ५५ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
खेलाडी संख्याको हिसाबले रियो ओलम्पिक पुग्ने १० ठूला टिम :
१. | अमेरिका | ५५५ जना |
२. | ब्राजिल | ४६५ जना |
३. | जर्मनी | ४२५ जना |
४. | चीन | ४१२ जना |
५. | अष्ट्रेलिया | ४१० जना |
६. | फ्रान्स | ४०४ जना |
७. | बेलायत | ३६६ जना |
८. | रुस | ३३९ जना |
९. | जापान | ३३० जना |
१०. | स्पेन | ३०५ जना |
साना टिम
रियो ओलम्पिकमा आफ्ना तर्फबाट सबैभन्दा कम एक जना खेलाडीमात्र पठाउने देशको संख्या १० छ । ती हुन्–अफगानिस्तान, ब्रुनाई, लाओस्, किरिवाटी, मालावी, टोगो, मार्सल आइल्यान्ड, सोलोमन आइल्यान्ड, टिमोर लिस्टे तथा डोमिनिका । यो ओलम्पिकमा ७ जना नेपाली खेलाडी सहभागी हुँदैछन् ।